जनप्रतिनिधिको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम   « Khabarhub

जनप्रतिनिधिको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम  


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम गरिएको छ । महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा महिला नेतृत्व कार्यक्रमसम्बन्धी दोश्रो चरणको अभिमुखीकरण गरिएको हो ।

जनप्रतिनिधिलाई आफ्नो हक, अधिकार र काम कर्तव्यको बारेमा जानकारी दिँदै व्यक्तिगत रुपमा क्षमतावान बनाउने लक्ष्यका साथ विभिन्न दातृ निकायको सहयोगमा दलित महिला केन्द्र नेपालको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

गत ९ साउनमा हलेसी तुवाचुङ नगरपालिकाबाट सुरु गरिएको अभिमुखीकरण मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेर टुंगिएको छ । अभिमुखीकरणमा हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, रावाबेसी गाउँपालिकाका १० जना, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाा ३१ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १३ जना महिला जनप्रतिनिधिले सहभागिता जनाएका छन् । अभिमुखीकरणमा नेतृ एवं अधिकारकर्मी दुर्गाजयन्ती राई र लक्ष्मीकुमार राईले सहजीकरण गरेका थिए । 

खोटाङका १० स्थानीय तहमध्ये आठ पालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  २ : ०१ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा