३० करोड १६ लाख विद्युत् महसुल संकलन  « Khabarhub

३० करोड १६ लाख विद्युत् महसुल संकलन 


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा ३० करोड १६ लाख विद्युत् महसुल संकलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ लाख ७८ हजार ४१२ युनिट विद्युत् उपलब्ध भएकामा तीन करोड ५८ लाख ८७ हजार पाँच सय ६० युनिट विद्युत्को महसुल संकलन गरेको केन्द्रले जनाएको छ । 

जिल्लाका १४ स्थानीय तह छन् । पर्सागढी नगरपालिका–५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको सङ्ख्या ३८ हजार रहेको छ । 

केन्द्रका अनुसार आव २०७७/७८ मा २८.०४ प्रतिशत विद्युत् चुहावट भएको थियो भने आव २०७८/७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आवमा विद्युत् चुहावट गर्ने ४९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले दुई लाख ६० हजार ३९४ युनिट विद्युत् चुहावट गरेका थिए । उनीहरूबाट ५२ लाख ३६ हजार असुल गरिएको केन्द्रले जनाएको छ  । अघिल्लो आवभन्दा गत आवमा विद्युत् चुहावट ३.९५ प्रतिशतले कमी आएको छ । 

नौ सय ४७ सेवाग्राहीको रु नौ करोड पाँच लाख ५० हजार बक्यौता रहेकामा पाँच सय ४३ सेवाग्राहीबाट तीन करोड चार लाख ९७ हजार असुल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको सङ्ख्या ४४७ रहेको छ । आव २०७८/७९ मा पोखरिया विद्युत् प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा ३७ लाख ५० हजार खर्च गरेको छ । 

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७८/७९ मा ३०१ बन्द रहेका मिटर नयाँ जडान गरेको छ भने छ हजार तीन सय ४८ मिटर पुनः शिलबन्दी गरेको छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ३ : ०८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क