विद्युत् प्राधिकरणको नाफा अझै बढ्छ : घिसिङ « Khabarhub

विद्युत् प्राधिकरणको नाफा अझै बढ्छ : घिसिङ


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत् प्राधिकरणको नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औँ वार्षिक उत्सवमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरी काम गरिरहेको बताए । आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए । प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझे बढ्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७७÷०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

कार्यक्रममा उनले विद्युत् उपभोग बढाउन  विभिन्न अभियान चलाउने, विद्युत् प्राधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घाेषणा पनि गरे ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : १४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी