पदक विजेता खेलाडी र सदस्य सचिव घिसिङबीच भेटवार्ता « Khabarhub

पदक विजेता खेलाडी र सदस्य सचिव घिसिङबीच भेटवार्ता


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्नेमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् ।

४ साउनमा सुरु भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीले सहभागिता जनाएकोमा एक रजत र एक कांस्य पदक पाएका थिए । जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेस फिजिकको १७० सेमिमा राजु राईले कांस्य पदक प्राप्त गरेका थिए । यस्तै, महिला एथ्लेटिक्स फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैँटौँ स्थान प्राप्त गरेकी थिइन् ।

यसै अवसरमा नेपाल शारीरिक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई मालदिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटेर तयार पारिएको प्रतिवेदन नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् ।

सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिति थियो । ५५ औँ संस्करण नेपालमा आयोजना हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : ४१ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा