वैदेशिक रोजगारीमा गएकाहरुबाट ८४.६६ खर्ब रेमिट्यान्स भित्रियो | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा गएकाहरुबाट ८४.६६ खर्ब रेमिट्यान्स भित्रियो


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् । 

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको अवधिमा उनीहरु रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका हुन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो । वैदेशिक रोजगारीमा जानेमध्ये ४७ लाख १४ हजार ५९१ जना पुरुष र २ लाख ८६ हजार २४२ जना महिला रहेका छन् । 

गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा ठूलो सङ्ख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको बोर्डले जनाएको छ । गत वर्ष ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

बोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५, २०६६/६७ मा २ लाख ९४ हजार ९४, २०६७/६८ मा ३ लाख ५४ हजार ७१६, २०६८/६९ मा ३ लाख ८४ हजार ६६५, २०६९/७० मा ४ लाख ५० हजार ८८९ र २०७०/७१ मा ५ लाख २७ हजार ८१९ जना वैदेशिक रोजगारीमा गएका थिए । 

यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ४ लाख ९९ हजार १०२, २०७२/७३ मा ४ लाख ३ हजार १७४, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३, २०७४/७५ मा ३ लाख ५४ हजार ८२, २०७५/७६ मा २ लाख ३६ हजार २०८, २०७६/७७ मा १ लाख ९० हजार ४५३ र २०७७/७८ मा ७२ हजार ८१ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

८४.६६ खर्ब रेमिट्यान्स भित्रियो

बितेको १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट नेपालमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९/७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५/७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

करिव ११ हजारले गुमाए ज्यान 

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरूमध्ये १० हजार ९३२ जनाको उतै मृत्यु भएको छ । 

सबैभन्दा बढी नेपाली कामदारको विदेशी भूमिमा मृत्यु गत आर्थिक वर्ष २०७८/७९ भएको थियो । सो वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५/६६ मा ७८, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा १ हजार ६, २०७२/७३ मा ८२६, २०७३/७४ मा ७५८, २०७४/र७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२ र २०७७/७८ मा १ हजार २४३ जनाको मृत्यु भएको छ । 

बोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनामा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ५ : १६ बजे

गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै

दुबई– इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि

स्वास्थ्य बिमा ऐन संशोधन : हरेक तहमा सेवाप्रदायक संस्था रहने 

काठमाडौं– स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा

यसकारण कस्सियो फाइभ–जी सञ्चालनको गाँठो

काठमाडौं – दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा

 मकर संक्रान्तिको अवसरमा खिचडी भोज

जनकपुरधाम– मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका युवाहरूले खिचडी भोजको आयोजना

धनुषा धाममा मकर मेला

महेन्द्रनगर– यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषा धाममा आज बिहानैदेखि एकमहिने मकर