आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर « Khabarhub

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्ष भन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ डाक्टर पाएको हो ।

गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बिचमै छाडेपछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली रित्त थियो । यसै समस्या लाई मध्येनजर गर्दे मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।

जिल्लामा विशेषज्ञ डाक्टर ल्याउन जिल्ला स्थित सरोकारवाला निकायको पहलमा र अन्य पक्षबाट पटक–पटक जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकता सम्बन्धी माग गरिएपछि , मुगालीको स्वास्थय क्षेत्र लाई मनन गर्दे बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए ।

अस्पतालमा लामो समय सम्म विशेषज्ञ डाक्टर नहुँदा यहाँका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि बाहिरी जिल्ला रिफर गर्नुपर्ने अवस्था रहको थियो ।

अस्पताल लाई विशेषज्ञ डाक्टर पठाए पछि धन्यवाद प्रकट गरेका छन् । अस्पतालमा विशेषज्ञ डाक्टर लाई उपचारको क्रममा आवश्यक पर्ने उपकरण , ब्यवस्थापन , काम गर्ने बातावरण राम्रो सँग मिलाईने र अस्पतालमा हुने समस्या लाई समाधानको बाटो छिट्टै खोज्ने अस्पताल विकास समिति अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए ।

उनका अनुसार भर्खरै आउनु भएका विशेषज्ञ डाक्टर शाक्य लाई तलब, भत्ता र अन्य सेवा–सुविधा प्रतिष्ठान र जिल्ला अस्पताल मुगुले आधा , आधा व्यहोर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको मल्लको भनाई छ ।

आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस्ट , सुत्केरी महिला , पाठेघरका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : २५ बजे

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले