काठमाडौँको फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति « Khabarhub

काठमाडौँको फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध तत्कालका लागि हट्ने भएको छ ।

बुधबार साँझ काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलमा चार बुँदे सहमति भएपछि बञ्चरेडाँडामा फोहोर फाल्नका लागि भइरहेको अवरोध तत्कालका लागि अन्त्य भएको हो ।

बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको छ । साथै गत २६ जेठमा भएको सहमति कार्यान्वयनका लागि समेत दुवै पक्ष सहमत भएका काठमाडौँका प्रजिअ गोविन्द रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : ४८ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष