लमजुङमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

लमजुङमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्धामा फरार रहेका राईनास नगरपालिका ६ बस्ने बर्ष २२ का सुवास नेपालीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध पिडित चिलवालले प्रहरी चौकी धमिलिकुवाँमा मौखिक उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा खोजतलास गर्दा मंगलबार राईनास नगरपालिका ६ मा नेपालीलाई फेला पारी नेपालीकोे शरिरबाट मोबाईल फोन, घडी र नगद १ हजार ६ सय ५ रुपैया बरामद गरिएको सूचना अधिकारी रेग्मीले बताए । बुधबार नेपालीलाई जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीका अनुसार राईनास नगरपालिका ७ सालफेदी बस्ने अनिता चिलुवालको घरमा कोही नभएको मौकापारीे नेपालीले करिव ३ लाख १६ हजार ४ सय बराबरको सुनको ब्रासलेट, औठी, सुनको पन्चरत्ने बाला, मोबाईल सेट र घडी चोरेको आरोपमा पक्राउ गरीएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : ०८ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित