सहारा गुमाएका बेसहारा दाजुभाइको दर्दनाक कथा | Khabarhub Khabarhub

सहारा गुमाएका बेसहारा दाजुभाइको दर्दनाक कथा

‘जो आकाशमा चिलगाडी देख्दा पनि आमाबुवा बोलाउँछन्’



सुर्खेत – खाली खुट्टा। ख्याउटे ज्यान। निर्दोष अनुहार। बिनोद र काले दुई दाजुभाइ सँगसँगै उभिँदा अरु मानिस पनि भावुक हुन्छन्। यसै टुहुरा, बेसहारा। उमेरले ९-१० वर्षको काले र बिनोद साहाराको खोजीमा छन्। दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बिनोद र काले विश्वकर्मा आमा बुबा र पालनपोषण गर्दै आएका हजुरबाको पनि निधनपश्चात् बेसहारा भए।

उनीहरुको यो संसारमा कोही छैन। २०७३ सालमा सुत्केरी हुन नसकेर उनीहरुकी आमा रंगा विश्वकर्माको अस्पतालमै मृत्यु भएको थियो। घरको आर्थिक अवस्था दयनीय भएका कारण बुबाले पनि उपचार नपाएरै संसार छाडे।

आमा बुबाले संसार छाडे पनि काले र बिनोदलाई आमाबुबाको जस्तै माया दिँदै पालनपोषण गर्दै आएका ७६ वर्षे हजुरबा किथ्थे विश्वकर्माको मृत्युपछि बेसहारा भएको स्थानीय गणेश विश्वकर्मा बताउँछन्। ‘आमाबुबाले छाडेर गए पनि वृद्ध हजुराबाले पालनपोषण गर्दे आउनु भएको थियो,’ उनले भने, ‘वृद्ध हजुरबाको पनि मृत्यु भएपश्चात् बेसहारा भएका छन्।’

आमाबुबा र वृद्ध हजुबुबाको न्यास्रोले आकाशमा हेलिकप्टर उडेको देख्दा पनि उनीहरु आमा बुबा र हजुरबुबा बोलाउँछन्। जहाज/हेलिकप्टरको आवाज सुन्नासाथ आमाबुबा र हजुरबालाई पठाइदिन उनीहरु हारगुहार गर्छन। तर हेलिकप्टरले डाँडो काटिसकेपछि निराश भएर बस्छन्। उनीहरुको दिनचर्या यसरी नै बित्ने गरेको स्थानीय बताउँछन्।

बिनोद र काले घरको बार्दलीबाट झरेर करेसाबारीमा पुग्छन्। बिनोद ठुलो स्वरले कराउँछन्, ‘चिलगाडी मेरा बाआमालाई पठाइदिनु, है…।’

ठुलो स्वरले आकाशमा उड्ने जहाज र हेलिकप्टरलाई हारगुहार गर्दै रैबार पठाउछन् तर उनीहरुको हारगुहार कसल सुन्ने ? कालेले बोलेर नसक्दै बिनोदले ठुलो स्वरले कराउँदै भन्छन् ‘मेरो हजुरबुबालाई पनि चाँडै पठाइदे है चिलगाडी…।’ यसैगरी उनीहरु हरेक दिनजसो ठूलो स्वरले कराउँदै करेसाबारीको छेउसम्म पुग्छन्।

दुःखको पहाडसामू उभिएका दुई दाजुभाइ
उनीहरुले २०७३ सालमा आमा गुमाए। त्यसको केही समयपछि बुबा औषधी उपचार गर्न नसकेर सधैँका लागि अस्ताए। अन्तिम साहारा भनेका हजुरबाको पनि ७६ वर्षको उमेरमा गत भदौमा निधन भयो। अहिले उनीहरुको सहारा कोही छैन। ११ वर्षका बिनोद र ९ वर्षका काले अहिले साहाराको खोजीमा छन्।

आमाबुबा दुवै गुमाएका यी टुहुरा बालक अहिले पनि आफ्ना आमाबुवा फर्किन्छन् कि भन्ने आशामै दिनरात बिताइरहेका छन्। सुत्केरी हुन नसक्दा आमाको मृत्यु हुँदा काले तीन वर्ष र बिनोद चार वर्षको थिए।

आमाको मृत्यु भएको तीन वर्षपछि बुबा चक्र विश्वकर्माले पनि कलिलै उमेरमा संसार छोडे। आमा बुबा दुवैले साथ छोडेपश्चात् उनीहरु ७६ वर्षे हजुरबुवा किथ्थेसँग बस्दै आएका थिए। हजुरबुवाले पनि संसार छोडे पछि उनीहरुको सहारा कोही रहेन।

सायद मृत्यु भएपछि कसैले उनीहरुलाई बुबाआमा परदेश गएका छन् भनिदिएको हुनुपर्छ। त्यसैले हुनसक्छ हवाइजहाज आकाशमा उडेको देख्न हुँदैन। देख्नेबित्तिकै ‘चिलगाडी मेरा बाबाआमालाई पठाइदिनु भनेर ठुलठुलो स्वरले कराउने गर्छन् ।

स्थानीय गणेश विश्वकर्मा भन्छन्, ‘आमा बाबुको मृत्यु भइसक्यो तर पनि उनीहरु अझै पनि आमा बुबा आउने आसमा छन्। उनीहरुको त्यो पीडा देख्दा मनमा बेचैन हुन्छ।’

टुहुरा बालकको सहारा भनेकै हजुरबुवा थिए। हजुरवुबाको मृत्यु पश्चात् सधैँका लागि अनाथ भएका छन्’ उनले भने।

जब चाडपर्व आउँछ तब उनीहरूले आमा बुबा कहिले आउँछन् भनेर सोध्दा ७६ वर्षे किथ्थेका गह भरी आशु हुन्थे। अब त उनले पनि संसार छोडे अब यी अनाथले कसलाई सोध्ने होलान्?

उनीहरु आमाबाबु आफूहरूका लागि खानेकुरा र लुगा कपडा ल्याउन परदेश गएको भनेर हजुरबासँग भन्थे।

आमाबाबुको न्यास्रो लाग्दा परदेश गएका भन्ने ठानेका आमाबाबुलाई चाडै घर पठाइदिन आकाशमा उडेको हेलिकप्टरलाई अनुरोध गर्थे। उनीहरुको बालापन मस्तिष्कमा हेलिकप्टर र जहाजलाई खबर सुनाएपछि आमा बाबुलाई छिटो पठाइदिन्छ भन्ने विश्वास छ।

अनिश्चित भविष्य

काले र बिनोदका बाबु चक्र विश्वकर्मा कालापहाड गएर मजदुरी गर्दै परिवारको पालन पोषण गर्दै आएका थिए। पहिलेदेखि घरको आर्थिक अवस्था कमजोर थियो।

कालापहाड गएर दिनरात मिहिनेत गर्दा पनि साँझ बिहान खान पुग्दैन थियो। भारत गएर परिवार पाल्ने चक्र आफैँ बिरामी भएर थलिए। गर्भवती हुन नसक्दा श्रीमतीले संसार छोडिन्।

अन्तः दुई छोराको चिन्ताले र बिरामीले थलिएका चक्र पनि दुई छोरालाई ७६ वर्षिय वृद्ध हजुरबाको साथमा छोड्दै बिदा भए।

हजुरबुबाको पनि निधन भएपश्चात् बिनोद र काले न त पेटभरी खान पाउँछन्। नत विद्यालय जान पाउँछन्।

विद्यालय जानको लागि न झोला छ न कापी कलम छ। शरीरमा एकसरो कपडा बाहेक केही छैन।

बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ। वृद्ध हजुरबाको सामाजिक सुरक्षाको भत्ताले तीन जना परिवारको गुजारा चलिरहेको थियो, त्यो पनि गुम्यो केही रहेन।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ५२ बजे

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा

झापा – कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब

बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत

कायरो । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले बिहीबार पाकिस्तानसँग ‘सम्बन्ध

एक सय ३२ जना महिला र बालबालिकाको उद्धार

पर्सा – माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज

डीपी अर्यालको टिप्पणी : रवि लामिछानेको जीवनमा दुईवटा पाटा छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी)

आजका समाचार : ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने, सुदूरपश्चिम र जनकपुरबीच उपाधि भिडन्त र नयाँ विकल्पमा सिरिया

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको आदेश सर्वोच्च अदालतले सरकारी