सम्झौता अनुसारको काम र तलब नपाएपछि साउदीमा ५४ नेपालीको बिचल्ली « Khabarhub

सम्झौता अनुसारको काम र तलब नपाएपछि साउदीमा ५४ नेपालीको बिचल्ली



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका ५४ नेपाली युवा बिचल्लीमा परेका छन्।

काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसिज प्रालिमार्फत करिब ५ महिना अघि साउदीको रियाद सुलाई अठार पुगेका उनीहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन्।

राम्रो कमाई हुने भनेपछि ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ५० हजारसम्म बुझाएर इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेको नवलपुरका प्रेमकुमार महतोले जानकारी दिए।

म्यानपावर कम्पनीले आफूहरूलाई साउदी आर्मी क्याम्प भित्र क्लिनरको काम र गार्डेनको कामका लागि भनेर साउदी पठाएको भएको थियो। तलब माग्न जाँदा कम्पनीले ५-६ सय साउदी रियाल दिने गरेको उनीहरूले बताएका छन्। ‘सम्झौता पत्रमा म्यानपावरले ८ घण्टाको १ हजार २ सय देखि १ हजार ४ सय साउदी रियाल तलब भनेर पठाएको भए पनि यहाँ काम गर्दा ५-६ सय मात्र दिन्छ, त्यो पनि समयमा दिँदैन् ,’महतोले थपे।

तलबै नपाए पछि विगत १० दिनदेखि काम पनि नगरी कोठामै बसिरहेको र तलब माग्दा कम्पनीले नेपाली कामदार चाहिँदैन भन्ने गरेको उनीहरूले गुनासो सुनाएका छन्।

‘घरबाट सय रुपैयाँको ३ रुपैयाँ ब्याजमा ऋण काढेर आएका थियौँ, अब कसरी साहूको ऋण तिर्ने हो ?’महतोले खबरहबसँग भने, ’ घर परिवारलाई के पठाउने?’

आफूहरूले समस्याबारे पटक पटक पठाउने म्यानपावर कम्पनीलाई जानकारी गराएको भए पनि अहिलेसम्म कुनै सुनवाइ नगरेको पीडितहरूले बताएका छन्। रियादस्थित नेपाली दूतावासले पनि आश्वासन बाहेक केही नगरेको उनीहरूले आरोप लगाएका छन्।

उनीहरूले आफूहरूलाई सकुशल उद्धार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्ता लगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन गर्दै निवेदन दिएको बताएका छन्।

उनीहरुलाई पठाउने ब्लु ग्यालेक्सी ओभरसिज प्रालिका प्रतिनिधिलाई यसबारे खबरहबले बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन्। यसअघि पनि यस म्यानपावरबाट साउदी पुगेका १४५ नेपाली बिचल्लीमा परेका थिए। अहिले उनीहरू सबैको उद्धार भइसकेको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ११ बजे

ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

काठमाडौं– ललितपुर क्षेत्र नं १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

अत्तरिया– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का