कञ्चनपुरमा ३ सयभन्दा धेरै घर डुबानमा, स्थानीयलाई सुरक्षित स्थानमा लगिँदै « Khabarhub

कञ्चनपुरमा ३ सयभन्दा धेरै घर डुबानमा, स्थानीयलाई सुरक्षित स्थानमा लगिँदै


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- लगातारको वर्षापछिको बाढीले कञ्चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा परेका छन्।

मोहना, दोदा, बनहरा नदीको बाढीले शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बाढीमा फसेका शुक्लाफाँटा–१२ दुवाहाका ४ परिवारका १६ जनाको उद्धार गरिएको डीएसपी चक्रबहादुर शाहीले जानकारी दिएका छन् ।

शुक्लाफाँटा–११ बनहरा शिविरमा २५ घर, वडा नं. १२ दुवाहामा ४ घर, कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीमा ६०-७० घर, वडा नं. ४ मा ७०-८० घर, बेलौरी–५मा ३ घर र लालझाडी–३ मा १००–१५० घर डुबानमा परेका छन्।

बाढी प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। ‘बाढी प्रभावित बस्तीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका छौं, शुक्लाफाँटा र कृष्णपुरका बाढी प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा राखी सकेका छौं,’ उनले भने, ‘लालझाडीमा उद्धारको काम भइरहेको छ।’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ११ : २२ बजे

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र