अछाम पहिरो : घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको निर्देशन | Khabarhub Khabarhub

अछाम पहिरो : घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको निर्देशन


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन्। उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन्।

गृहसचिव टेकनारायण पाण्डे,  सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उनले निर्देशन दिए।

उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे आज जानकारी लिए। उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउधनको रक्षा गरेको भन्दै बाढी र पहिरामा परी घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिए।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा विपद्मा परेर ९ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी आएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

प्रजिअ मरासीनीका अनुसार कमलबजार नगरपालिका–६ को ठाँटीघाटमा गएको पहिरामा परी चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ। त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइँको घर पुरिँदा परिवारका पाँचजनाको मृत्यु भएको जानकारी आएको छ।

त्यस्तै ढकारी गाउँपालिकामा एक घर पुरिएर तीन घाइते भएको र एकजना बेपत्ता रहेका छन्। तुर्माखाद गाउँपालिकामा पनि नौजना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ११ : ५० बजे

भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ । 

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान