नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गरिने « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गरिने


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका छन् । 

नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले नवौँ राष्ट्रियमा अब्बल हुने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताए । राष्ट्रलाई चिनाउन खेलाडीको अहम् भूमिका हुने उनको भनाइ थियो ।  

सबै जिल्लामा खेलकुदका संरचना निर्माणका साथै खेलाडीको क्षमता वृद्धिका लागि कार्यक्रम अगाडि बढाएको मुख्यमन्त्री भट्टले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ खेलमध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशको सहभागिता रहने जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १ : ४७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी