‘धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व’ « Khabarhub

‘धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व’


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डेयनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहने बताएका छन् ।

आज यहाँ नरदेवी श्वेतकाली मन्दिरको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकमा आर्थिक रूपान्तरण हुन नसक्ने बताए । देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।    

कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले २०७२ सालको भूकम्पका कारण क्षति भएका सबै ऐतिहासिक सम्पदाको पुनर्निमाणको काम सक्दो छिटो गर्नुपर्ने बताए । पुनर्निर्माणका क्रममा कमजोरी भए आगामी दिनमा त्यसलाई सच्याउन आफू तयार रहेको उनको भनाइ थियो । उपप्रमुख सुनिता डङ्गोलले सम्पदा संरक्षणका लागि महानगरका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । 

सो अवसरमा पुरातत्व विभागका प्रमुख दामोदर गौतमले आगामी आर्थिक वर्षसम्म भूकम्पका कारण क्षति भएका ऐतिहासिक संरचनाको पुननिर्माणको काम सम्पन्न हुने जानकारी दिए । कार्यक्रममा कामपा–१८ का अध्यक्ष न्युछेकाजी महर्जनले सम्पदा रहे मात्र पुरातत्व विभाग रहने भएकाले सांस्कृतिक सम्पदा पुननिर्माणको सम्पूर्ण जिम्मा विभागले लिनुपर्ने बताए । भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माणका लागि कामपा–१८ र पुरातत्व विभागले करिब रु दुई करोड खर्च गरेको बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ०४ बजे

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ