पर्साका दुई पालिकाद्वारा बजेट सार्वजनिक « Khabarhub

पर्साका दुई पालिकाद्वारा बजेट सार्वजनिक


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साका दुई पालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आव २०७९/८० बजेट गत असार १० गते नै प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने भए पनि पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकाले बल्ल बजेट सार्वजनिक गरेका छन् ।

लामो समयदेखि जनप्रतिनिधिबीच बजेट बाँडफाँडमा विवाद देखिएपछि दुवै पालिकाको बजेट सार्वजनिक हुनसकेको थिएन । बहुदरमाई नगरपालिकाले ६७ करोड ७९ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । संघीय सरकारको समानीकरण अनुदानतर्फ १३ करोड ८२ लाख, ससर्त अनुदानतर्फ २१ करोड तीन लाख, प्रत्यक्ष अनुदानतर्फ एक करोड तथा राजश्व बाँडफाँडतर्फ नौ करोड ३१ लख ४९ हजार रहेको छ । 

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समग्रमा विभिन्न विकास निमार्णका कार्यका साथै शिक्षालाई बढी प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेतीले जानकारी दिए ।

यसैगरी कालिकामाई गाउँपालिकाको आठौँ गाउँ सभामार्फत ४२ करोड ६६ लाख बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको हो । सभामा आर्थिक विधेयक, विनियोजन विधेयकसहित गाउँपालिकाको आवश्यक ऐन सम्बन्धित विधेयक पारित भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : १९ बजे

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ