ओलीलाई प्रचण्डको प्रश्न- संविधानको मर्म के हो ? | Khabarhub Khabarhub

ओलीलाई प्रचण्डको प्रश्न- संविधानको मर्म के हो ?


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान घोषणा हुँदा देशमा राजनीतिक स्थायित्व, विकास र सम्मृद्धिको बाटोमा लाग्ने विश्वास गरे पनि त्यो सफल भएनको बताएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानविपरित सदनले झण्डै अकाल मृत्युवरण गर्नु परेको बताए । 

उनले संविधानले निर्देशित गरेअनुसार पाँच वर्ष सदन चल्ने अनुमान गरे पनि यसले विभिन्न अवरोध ब्यहोर्नु परेको बताए । सरकार गठनको तीन वर्षमै संविधानअुनसार सरकार अघि बढ्न सकेन । यसले अस्थिरता निम्त्याउन खोजेको थियो ।  

यस्तै, प्रतिपक्ष दलकाका नेता केपी शर्मा ओलीले आरोप लगाए जस्तो अहिलेको सरकार परमादेशी नभइ जनदबाब र संविधानअनुसार बनेको उनले बताए । ओलीले संसद्मा गरेको भाषणपछि जसले जे बोले पनि हुने रहेछकी के हो जस्तो लागेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘संविधान हामीले नै बनाएका होइनौँ र । संविधान बनाउँदा के भनेका थियौँ । संविधानको मर्म के हो ? संसद् र नेपाली जनता भेडा हुन र ?

उनले अहिलेको सरकारले संविधान जोगाएको पनि बताए । ‘संविधान मिच्ने मात्रै प्रतिगमनकारी हुने संविधान कार्यान्वयन गर्ने कसरी प्रतिगमनकारी हुने ? उनको प्रतिप्रश्न छ  ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको रिस पोख्न ओलीले संसद् विघटन गरेको पनि बताए । उनले पार्टीभित्रका विवाद, मतभेद र समाधान गर्ने आफ्नै विधि छाडेर ओली संसद् विघटनमा लागेको बताए । 

उनले परमादेशको सन्दर्भ र संसद्मा जारी सुनुवाइअनुसार यो सरकार जनताको दबाब, संविधान र संसद्को बहुमतबाट बनेको प्रष्ट भएको उनको भनाइ छ । बरु अदालतलाई गलत बाटोमा लैजाने काम अघिल्लो सरकारले पो गरेको रहेछ भनेर निलम्बित प्रधानन्यायाधीशको सुनुवाबाट पुष्टि भएको उनले बताए । 

अन्तिममा उनले संविधान, लोकतन्त्र, प्रजातन्त्रको रक्षाका लागि यो सरकार गठन भएको बताए । यो सरकारले कोभिड महामारी नियन्त्रणका लागि गरेको प्रयास र स्वास्थ्य सामग्री जुटाउन निकै राम्रो काम गरेको पनि दाबी गरे । यस्तै बाँकी तपाई ले भनेजस्तै आगामी ४ मंसिरमा हेरौँला

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ३ : ४७ बजे

‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

 सुदूरपश्चिम– आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका

‘नेपालको बजार बिचौलिया व्यापारीको कब्जामा छ’

काठमाडौं – हिन्दु नेपालीहरूका महान पर्व दशैँ, तिहार र छठलगायत

अल्भारेजको निर्णायक गोलमा एटलेटिको म्याड्रिड विजयी

काठमाडौं– एटलेटिको म्याड्रिडले स्पेनिस ला-लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरको

लिग-२ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित

काठमाडौ‌ं– क्यानडाले घरेलु मैदानमा खेलेको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज संकलन केन्द्र 

सिन्धुपाल्चोक– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४