‘अदालतले संसद् विघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत आएन’ « Khabarhub

‘अदालतले संसद् विघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत आएन’


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वोच्च अदालतले दुई/दुई पटक संसद बिघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत नआएको बताएका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा खनालले अदालतले दुई/दुई पटक संसद् विघटन असंवैधानिक हो भनेर भन्दा पनि एमालेको चेत नखुलेको भन्दै आगामी निर्वाचनको परिणामले एमालेको चेत खुल्ने बताए । उनले यसअघिको पाँच वर्षे ४१ महिना पुग्दा नपुग्दै सरकार ढल्नुको कारण प्रतिपक्षी दल नभई एमाले नभई आफैँले ढालेको बताए । खनालले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्ने धारणा राखे ।

वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने बताए । 

खनालले नेपालमा संविधान जारी भएपछि भएको निर्वाचनमा देशले ठूलो अपेक्षा राखिएको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको बताए । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : ४३ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि