राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ : वरिष्ठ नेता महतो « Khabarhub

राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ : वरिष्ठ नेता महतो


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकमा धेरै राजनीतिक उपलब्धि गरी नेपालको संविधान जारी गरिएको भए पनि अझै राज्यका निकायमा उचित समावेशी प्रतिनिधित्व हुन नसकेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताए । पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के-के प्राप्त गरे भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘प्रतिनिधिसभाले गरेका काम जनताले महसुस गर्ने खालको भएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्दछ ।’

देशमा परिवर्तनका लागि धेरै काम भए पनि जनअपेक्षाअनुसार मुलुकको विकास हुन नसकेको भनाइ राख्दै उनले सबै नेपालीका लागि मुलुक हो भन्ने गरी काम गर्नुपर्ने धारणा व्यक्त गरे। सबै जातजाति, भाषाभाषीका लागि मुलुक हो भनी उचित प्रतिनिधित्व र काम गर्नुपर्ने उनको भनाइ थियो । उनले आफ्नै देशका नागरिकलाई नागरिकता दिन राज्यले कन्जुस्याइँ गरेको भन्दै गुनासो गरे ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ६ : ४८ बजे

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण