माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानु हुन्छ ? | Khabarhub Khabarhub

माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानु हुन्छ ?


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले ‘कुन मुख देखाएरु जनतासँग भोट माग्न जानुहुन्छ’ भन्दै प्रश्न गरेका छन् ।

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ रु अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ५९ बजे

एम्बाप्पे रियल म्याड्रिडमा आवद्ध हुने

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने

प्रसूति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित

 अर्थसंक्षेप : बजेटमा नुवाकोटको बाटोको पैसा काटिएको प्रकाशशरणको गुनासोदेखि एमालेको असन्तुष्टिसम्म

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा नुवाकोटका सडकका रकम

सिक्किममा बढारिए पवन चाम्लिङ, पीएस गोलेलाई प्रचण्ड बहुमत

सिक्किम- नेपालको छिमेकी भारतीय राज्य सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले)