कैलालीमा बाढी र डुबानका कारण सयौँ परिवार विस्थापित « Khabarhub

कैलालीमा बाढी र डुबानका कारण सयौँ परिवार विस्थापित


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भजनी – कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुगेका छन् । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिन थालेका छन् । अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन् ।

‘रातिदेखि बस्तीमा बाढी पसेर जताततै जलमग्न भएको छ । घर सबै डुबानमा परेका छन्’ उनले भने, ‘रातभर निदाउन पनि पाएका छैनौँ । सामान सार्न, चौपाया व्यवस्थापन गर्न र परिवारलाई सुरक्षित स्थानमा पु¥याउँदै रात कटेको थाहै भएन ।’

वडा नं ८ कै खेमराज पाण्डेले सयौँ परिवार बाढीका कारण विस्थापित भएको बताउँदै पीडितको व्यवस्थापनमा निकै समस्या भएको बताए । ‘उच्च सेल्टर घर, केही परिवार आफन्त छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने सयौँ परिवार हुलाकी रोडमा छन् ।’, पाण्डेले भने, ‘अवस्था निकै अस्तव्यस्त भएको छ । जताततै पानी मात्रै देखिन्छ । हुलाकी सडकबाट हेर्दा जताततै समुद्रको आभास हुने गरेको छ ।’

चारैतिरबाट नदीले घेरिएको भजनीका सबै वडा जलमग्न भएका छन् । सयौँ बिघा धान नदीको कटानबाट नष्ट भएको स्थानीय रामबहादुर साउद बताए । ‘कान्द्राले सबैभन्दा बढी क्षति गरेको छ । कटानले खेतीयोग्य जमिन नष्ट भने डुबानले स्थानीयको जनजीवन निकै प्रभावित बनाइएको छ’, साउदले भने, ‘स्थानीयलाई ज्यान जोगाउन मुस्किल छ । उद्धारका लागि पनि निकै कठिनाइ भइरहेको छ ।’ उनले अहिलेसम्म मानवीय क्षति नभए पनि धनजनको ठूलो क्षति भएको बताए।

नगरपालिकाका नगरप्रमुख केवल बाढीका कारण भजनी क्षेत्रको अवस्था निकै अस्तव्यस्त भएको बताए । उनले नदीमा पानीको बहाव निकै उच्च भएका कारण उद्धारमा समस्या भएको बताउँदै कयौँ क्षेत्रमा बाढी र कटानका कारण सम्पर्क विच्छेदसमेत भएको बताए । ‘हामी हिजोदेखि स्थानीयको सम्पर्कमा छौँ । सयौँ परिवार विस्थापित भइसकेको अवस्था छ । अधिकांशको आश्रयस्थल यतिबेला हुलाकी सडक बनेको छ’, नगरप्रमुख चौधरीले भने, ‘उद्धार सामग्रीको अभावका कारण समस्या भएको छ । नदीमा पानीको बहाव बढ्दै छ । कहाँ जाने कसको उद्धार गर्ने भन्ने अप्ठ्यारोमा हामी छौँ । अवस्था सबै ठाउँको उस्तै छ ।’

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ४४ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान