एमालेले समानुपातिक उम्मेदवारको भोलि टुंगो लगाउने « Khabarhub

एमालेले समानुपातिक उम्मेदवारको भोलि टुंगो लगाउने


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गर्ने भएको छ ।

आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गरेको हो।

यस्तै बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटको आधारहरूबारे जानकारी गराएका थिए।

त्यस्तै अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार तथा राहतको काम तीव्र पार्न सरकारसँग माग गर्ने र मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पनि बैठकले दुःख व्यक्त गरेको छ। बैठक भोलि पुनः बस्ने छ।

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ३७ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता