पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरमा क्षति « Khabarhub

पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरमा क्षति


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिनन ठाउँमा असर गरेको छ । अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा बिगार गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए। उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। साथै चौकुनेकै ४ नम्बर वडाका केही बस्तीहरूमा क्षति पुगेको छ।

‘चौकुने ४ मा २ वटा घर उच्च जोखिममा छन्। ३ नम्बर वडाको गोर्भामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा छन् भने बेतान खोलबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ। यस्तै, चौकुने १० घाटगाउँमा आएको बाढीले धीरबहादुर शाही लगायतका केही घरहरु उच्च जोखिममा छन्।’

चौकुने अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको बताए। उनले बाढीबाट प्रभावित स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितहरूलाई थप राहत वितरण गर्ने तयारी रहेको जानकारी दिए। साथै बाढी र पहिरोले चैकुने गाउँपालिकाभित्रका सबै ठाउँमा सडक अवरुद्ध गरेको छ।

यस्तै, पञ्चपुरी नगरपालिका–१० आएको बाढीले डिलबहादुर बुढा र गगने बुढा लगायतको घरमा बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ। सोही स्थानका नगेन्द्र शाहीको फर्ममा पसेको बाढीले कुखुरा बगाएको छ। गल्फ खोलामा आएको बाढीले धार परिवर्तन गरेपछि फर्ममा क्षति पुगेको हो।

बराहताल गाउँपालिकामा पर्ने लेखगाउँमा आएको बाढीले लीलबहादुर सलामीको घरमा पनि क्षति गरेको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ४८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको