मन्त्री अथकद्धारा बर्दियाका बिभिन्न खेल संरचनाको अनुगमन « Khabarhub

मन्त्री अथकद्धारा बर्दियाका बिभिन्न खेल संरचनाको अनुगमन


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बर्दिया – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताएका छन् । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानिय तहले भुमिका खेल्नुपर्ने बताएका हुन् ।

स्थानिय तहको सहभागीता बिना कुनै पनि योजनाले पुर्णता पाउन नसक्ने बताउँदै मन्त्री अथकले पालिका तथा वडास्तरबाट खेल पुर्वाधार निर्माणकालागि बजेटको केही अंश छुट्टाउन समेत आग्रह गरे । निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनालाई बाचाई राख्न स्थानियस्तरमा खेल गतिविधिलाई समेत निरन्तरता दिनुपर्ने उनको भनाई रहेको थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि बर्दियाको बाँसगढी नगरपालिका वडा नं। ४ मगरपुरमा कबर्ड हल निर्माण गरीएको थियो । केन्द्र सरकारको २ करोड १० लाख लागतमा निर्माण भएको उक्त संरचनामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कबड्डी खेल संचालन भएपनि त्यसयता उक्त कबर्ड हल प्रयोग बिहिन हुँदै आएको गुनासो बढेपछि मन्त्री अथकले शनिबार स्थलगत निरिक्षण गरेका हुन् ।

अनुगमनका क्रममा स्थानियहरुले कबर्ड हलको चारैतर्फ पर्खाल तथा चेन्जिङ रुम सहित खेलाडीहरुकालागि आवास गृह निर्माणकालागि पहल गरीदिन मन्त्रीलाई आग्रह गरेका थिए । खेल संरचना खडा भएपनि त्यसले पूर्णता नपाउँदा खेल गतिविधिहरु संचालन गर्न नसकिएको भन्दै उनिहरुले आवश्यक बजेट बिनियिोजन गरीदिन आग्रह गरेका हुन ।

यसैबिच शनिबार नै मन्त्री अथकले बाँसगढी नगरपालिका वडा नं. ८ को हिारपुरमा रहेको नगरस्तरीय खेल मैदानको समेत अनुगमन गरेको थिए । १२ बिगाह क्षेत्रफलमा फैलीएको उक्त मैदानलाई जिल्लाकै महत्वपूर्ण खेल मैदानका रुपमा बिकास गर्न सकिने बताउँदै मन्त्री अथकले त्यसकालागि आवश्यक बजेट ब्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : १० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको