महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन « Khabarhub

महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन सिफारिस सहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ ।

शनिबार सभामुख सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामा कार्यक्षमता अभाव देखिएको, संसदीय सुनुवाइ समितिमा गरेको प्रतिबद्धताअनुसार जिम्मेवारी पूरा गर्न नसकेकोसहित ९ बुँदा उल्लेख गरिएको छ ।

११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले महाभियोगको पक्षमा देखिएका छन् भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले फरक मत राखेका छन्।

आजै राति १२ बजेबाट प्रतिनिधिसभाको कार्यकाल पनि सकिँदैछ। त्यसअघि नै समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ४१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले