समस्या भएर पनि उपचार नगर्दा दाँतका बिरामी धेरै छन् « Khabarhub

समस्या भएर पनि उपचार नगर्दा दाँतका बिरामी धेरै छन्

‘दाँतका लागि दिनमा १० मिनेट छुट्याउनैपर्छ’



काठमाडौं – शरीरको जति महत्त्व रहेको छ त्यति नै दाँतको पनि रहेको छ । दाँत संवेदनशील अङ्ग हो । यसले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक रूपमा खाएको खानालाई राम्ररी चपाएर पचाउन मद्धत गर्दछ । दाँतले हाम्रो शरीर स्वस्थवर्धक बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या निम्ति गरेका छन् । यसै विषयमा आधारित भएर दन्त चिकित्सक रुबिस प्रजापतिसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय दाँतमा धेरै कस्ता समस्या देखिएका छन् ?
मानिसहरूमा समस्या भए पनि ध्यान नदिने भएको कारणले पनि धेरै समस्या भएको छ । दाँतमा धेरै किरा लागेर दुख्ने, गिजाको समस्या हुने तर समयमा थाहा नै नहुने पनि हुन्छ । धेरै दाँत हल्लिन थालेपछि र रगत बग्दै गएपछि मात्र उपचारमा आउनु हुन्छ ।

सानै बालबालिकामा पनि दाँत किराले खाएको देखिन्छ, यो कसरी भइरहेको छ त ?
खानाहरू धेरै थरीका बाहिरबाट आएका खाना रिफाइन खाना जसले गर्दा ब्रस गर्दा पनि दाँत भित्र खाना टाँसिराख्ने हुन्छ । त्यसले गर्दा मुखमा ब्याक्टेरिया धेरै हुने भयो र ब्याक्टेरियल इन्फेक्सनको कारणले दाँत सर्दै जाने हो ।

बजारमा पाइने खाना र चकलेटको कारणले नै हो त दाँतमा किरा लाग्ने ?
बजारमा पाइने खाना अरु खाएर किरा लाग्ने हैन । तर, यो खाएर सफा गरेन भने किरा लाग्छ, त्यसको लागि बिहान बेलुका दाँत सफा गर्ने । साना बच्चालाई ६ महिनाको फरकमा दाँतको जाँच गराई रहने, किरा लागेर कालो हुनु भन्दा अगाडि नै उपचार गरियो भने रोकथाम गर्न सकिन्छ ।

सबै व्यक्तिले घरमा नै बसेर दाँतमा समस्या आयो भनेर कसरी थाहा पाउने त ?
मुख्य त देखिने ठाउँहरूमा सेतोपना छ कि छैन हेर्ने । कालो भएको छ कि छैन हेर्ने, गिजामा पनि रातो हुन थाल्यो । ब्रस गर्दा रगत आयो भने जाँच गर्नु पर्दछ ।

समयमा नै उपचार नगरेर हेल्चेक्रायाई गर्यो भने पछि कस्तो जोखिम निम्तिन सक्छ ?
सबै भन्दा पहिला थाहा पाउने भनेको तातो चिसो खाँदा सिरिङ्ग हुने हुन्छ । समयमा उपचार गरेन भने ३ दिनसम्म एकैनासले दुख्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन धेरै भएर हड्डीमा पिप जमेर दुखिराख्ने, गालाहरू सुनिने, गिजाबाट पिप बग्ने हुन्छ र त्यो बेला दाँत नै गुमाउने हुन सक्छ । त्यति गर्दा पनि उपचार गरिएन भने, मुखको आकार बिग्रिने र शिष्ट ट्युमर पनि हुनसक्छ ।

दाँतले गर्दा नै श्वास गनाउने हो ?
हामीले खाएको खाना कुनै ब्रस गर्दा पनि जान्दैन र त्यस्तो अवस्थामा ब्याक्टेरियाले मिथाईल मल क्याप्टेन भन्ने ग्यास उत्पादन गर्दछ । त्यो ग्यास रिलिज भइरहँदा श्वास गनाउने समस्या हुने हो । खाना अड्केर मात्र गनाउने हैन । त्यसको उपचार भनेको ६ महिनामा दाँतको स्केलिङ गरिरहनु पर्दछ ।

दाँत सफा वा स्केलिङ गरेपछि कमजोर हुन्छ भनिन्छ नि ?
पहिला नै कमजोर भएको हुन्छ । त्यसमा धेरै फोहोर जम्मा भएर आउँदा गिजासँग सँगै हड्डी नै तल सरेको हुन्छ । जराको सिमेन्टम भन्ने लेयर देखिन थाल्छ त्यति बेला दाँत सिरिङ्ग हुने, हल्लिने समस्या हुन्छ । त्यसैले पहिला नै समस्या भएको दाँत हल्लेको जस्तो हुने सिरिङ्ग हुने हुन्छ ।

दाँतको आयु कति हुन्छ ?
बच्चामा आउने दुधे दाँत जुन प्राथमिक दाँत १२ वर्षसम्ममा साटिन्छ । त्यसपछिको सधैँ भरिको भनिन्छ । त्यो कतिपय अवस्थामा यो वंशाणुगत पनि हुन्छ । कसैको खाना अड्किदा पनि किरा नलाग्ने हुन्छ, कसैको थोरै अड्किदा पनि किरा लाग्ने दुख्ने हुन्छ । छिटो दाँत झर्नु भनेको आफ्नो नै लापरबाहीको कारणले हो । एक पटक झरेर आएको दाँत पछि फेरि फर्केर आउँदैन । हामीले जन्मजात २० वटा दुधे दाँत र पछि ३२ वटा दाँत लिएर आएका हुन्छौँ । पछि कुनै दाँत निकाल्नु पर्योर भने त्यसको अन्य उपाय उपचार हुन्छ जस्तो नक्कली दाँत राख्ने, इम्प्लान्ट लगाउने गर्न सकिन्छ तत्र खालि थोते नै बस्नु पर्ने हुन सक्छ । तर, दाँत आउँदैन । सामान्य जराको समस्या छ भने आरसिटी गर्न सकिन्छ । धेरै नै बिग्रिएको छ भने कृत्रिम दाँत राख्नु पर्ने हुन्छ ।

कृत्रिम दाँत राख्दा मुख श्वास गनाउने हुन्छ भनिन्छ नि त ?
राम्ररी हेरचाह गरिएन भने, राम्ररी ट्रिट्मेन्ट गरेन चाहिने भन्दा ठूलो दाँत राखिएको छ भने समस्या देखा पर्छ । त्यसैले आफूले नै कहाँ गर्दा राम्रो हुन्छ भनेर जान्नु पर्दछ ।

दाँत स्वस्थ राख्न कस्तो खाना खाने त ?
घरमा पाक्ने फाइबर युक्त खाना खाने, कार्बोहाइड्रेट युक्त खाना खाने, चकलेट बिस्कुट चाउचाउ कम खाने । दाल, भात, दूध खाने गर्नुपर्छ ।

दाँतलाई हामीले बिहानदेखि बेलुकासम्म कसरी सफा गर्ने त ?
ब्रस गर्ने भन्छौँ । त्यसमा नरम ब्रस प्रयोग गर्ने अल्ट्रा सफ्ट ब्रसहरू प्रयोग गर्ने, मन्जन पनि सानो केराउको दाना जति प्रयोग गर्ने । किनकि त्यसमा पनि दाँत खियाउने सिलिका हुन्छ । दाँत र गिजा दुबैलाई हुने गरी ब्रस गर्ने । ओठ गाला तलमाथि सबै पट्टि बाट दाँतको सफा गर्ने । ६ महिनाको फरकमा जाँच गर्ने ।

दाँत सफा गर्ने उपयुक्त समय चाहिँ कति हो त ?
२ देखि ५ मिनेट जति गर्ने । २ मिनेट भन्दा कममा सफा हुँदैन । दिनमा १० मिनेट जति हामीले ब्रस गर्नको लागि दिनु पर्दछ ।

दाँतमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
सुरुमा ब्रस समयमा गर्ने, कोल्डिङ्कहरु धेरै नखाने, समयमा दाँतको चेकअप गर्ने, कति वटा अस्पतालमा त जाँच मात्र गरेको फ्री पनि हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : १६ बजे

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर