इरानकाे इभिन कारागारमा भएको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या ८ पुग्यो « Khabarhub

इरानकाे इभिन कारागारमा भएको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या ८ पुग्यो


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानको राजधानी तेहरानस्थित इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

यसअघि उक्त कारागारमा भएको आगलागीमा परी शुरुमा चार कैदीको मृत्यु भएको र अरु ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले आइतबार जनाएको थियो ।

इभिन कारागारको वार्डका केही कैदीहरूबीच झडप भएको र पछि आगलागी भएको जनाइएको छ । मृतकमध्ये अधिकांशको विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएको अधिकारीले जनाएका छन् । ती कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो ।

घाइते ६१ मध्ये ५१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र बाँकी १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

घटनापछि जारी प्रतिवेदन अनुसार अधिकारीहरुले चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाउन सफल भएका थिए । अस्पताल भर्ना गरिएका घाइतेहरुमध्ये थप चार जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : ०१ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक