रुसी फौजद्वारा युक्रेनको राजधानी किभमा आत्मघाती ड्रोन आक्रमण « Khabarhub

रुसी फौजद्वारा युक्रेनको राजधानी किभमा आत्मघाती ड्रोन आक्रमण


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनको राजधानी किभमा रुसी फौजले आत्मघाती ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आन्द्रेई येरमाकले आत्मघाती ड्रोनबाट रुसी फौजले आक्रमण गरेको जनाएका हुन् ।

किभका मेयर भिताली क्लित्स्कोले सहरको सेभ्चेन्किभ्स्की क्षेत्रका आवासीय क्षेत्रलाई लक्षित गरी ‘कामीकाजी’ ड्रोनबाट आक्रमण भएको जनाएका छन् । युक्रेनी रेल सेवाका अधिकारीले आक्रमणबाट किभको मुख्य स्टेशननजिकै क्षति पुगेको जनाएका छन् ।

सोमबार बिहान साढे ६ बजेको समयमा आक्रमण सुरु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार ८ बजेर १० मिनेटको समयसम्म ५ वटा विष्फोटको आवाज सुनिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युक्रेनी फौजको हवाई प्रतिरक्षा बलले ड्रोन खसाल्न प्रयास गरेको देख्न सकिन्छ । भिडियोमा कम्तीमा एउटा ड्रोन खसालिएको देखिएको जनाइएको छ ।

मेयर क्लित्स्कोले चारवटा विष्फोट भएको जनाएपनि प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार पाँचदेखि ६ वटा विष्फोटनको आवान सुनिएको थियो ।

अधिकारीहरुले मानिसहरुलाई सुरक्षित स्थानमा रहन आह्वान गरेका छन् । आक्रमणबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : २१ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा