रुसी फौजद्वारा युक्रेनको राजधानी किभमा आत्मघाती ड्रोन आक्रमण « Khabarhub

रुसी फौजद्वारा युक्रेनको राजधानी किभमा आत्मघाती ड्रोन आक्रमण


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनको राजधानी किभमा रुसी फौजले आत्मघाती ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आन्द्रेई येरमाकले आत्मघाती ड्रोनबाट रुसी फौजले आक्रमण गरेको जनाएका हुन् ।

किभका मेयर भिताली क्लित्स्कोले सहरको सेभ्चेन्किभ्स्की क्षेत्रका आवासीय क्षेत्रलाई लक्षित गरी ‘कामीकाजी’ ड्रोनबाट आक्रमण भएको जनाएका छन् । युक्रेनी रेल सेवाका अधिकारीले आक्रमणबाट किभको मुख्य स्टेशननजिकै क्षति पुगेको जनाएका छन् ।

सोमबार बिहान साढे ६ बजेको समयमा आक्रमण सुरु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार ८ बजेर १० मिनेटको समयसम्म ५ वटा विष्फोटको आवाज सुनिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युक्रेनी फौजको हवाई प्रतिरक्षा बलले ड्रोन खसाल्न प्रयास गरेको देख्न सकिन्छ । भिडियोमा कम्तीमा एउटा ड्रोन खसालिएको देखिएको जनाइएको छ ।

मेयर क्लित्स्कोले चारवटा विष्फोट भएको जनाएपनि प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार पाँचदेखि ६ वटा विष्फोटनको आवान सुनिएको थियो ।

अधिकारीहरुले मानिसहरुलाई सुरक्षित स्थानमा रहन आह्वान गरेका छन् । आक्रमणबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : २१ बजे

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार