नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ स्पाइरिङमा गण्डकीलाई स्वर्ण « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ स्पाइरिङमा गण्डकीलाई स्वर्ण


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको स्पाइरिङतर्फ पहिलो स्वर्ण गण्डकी प्रदेशले हात पारेको छ । आज भएको ४०-५० तौल समुहको  खेलमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दे गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्णपदक जिते । कर्णालीकै धामीले रजत पदक पाए । नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनी प्रदेशका सन्तोष बुढामगरले कांस्यपदकमा चित्त बुझाए ।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार योसँगै गण्डकी प्रदेशले जारी प्रतियोगितामा दुई स्वर्ण हासिल गरेको छ । यसअघि शनिबार भएको स्पर्धामा ‘रेड बेल्ट’तर्फ एकल प्याटर्नमा गण्डकीका भीम गाहाले स्वर्णपदक जितेका थिए । अहिलेसम्म भएका एकल प्याटर्न, टिम प्याटर्न र स्पाइरिङतर्फका खेलमा विभागीय टिम नेपाल आर्मीले सबैभन्दा बढी आठ स्वर्ण जितेर प्रतियोगितामा आफ्नो वर्चश्व बनाएको छ । तीन स्वर्णसहित बागमती प्रदेश दोस्रो स्थानमा छ ।

आईटीएफ नेपालका महासचिव अञ्जु रावतले आज विभिन्न तौल समूहमा स्पाइरिङतर्फका खेल भइरहेको जानकारी दिए। पुरुष टिम प्याटर्नमा स्वर्ण जित्ने नेपाली आर्मी र महिला टिम प्याटर्नमा स्वर्ण जित्ने बागमती प्रदेशका खेलाडीलाई आजै पदक वितरण गरिएको उनको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, श्रीमेहर गणका गणपति देवभक्त माणी श्रेष्ठ र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विजेता खेलाडीलाई पदक र नगर पुरस्कार प्रदान गरेका थिए ।

बुधबारसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडी सहभागी छन् । आईटीएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्यपदकका लागि खेलाडी स्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेलमैदानमा प्रतियोगिता चलिरहेको छ । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : २९ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र