फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया « Khabarhub

फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

मुम्बई– रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए । विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिइन् । हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय गरिरहेकी छन् । उनलाई पति रणवीरले साथ दिइरहेका छन् ।

आलिया सन्तान जन्मिएपछि तुरुन्तै काममा फर्किने मुडमा छैनन् । भलै रणवीरले यसअघिको एक अन्तरवार्तामा आलियालाई काममा पठाएर आफूले सन्तान स्याहार्ने बताएका थिए । तर, आलिया भने लामो ब्रेक लिने तयारीमा छिन् ।

आलियाले सन्तान प्राप्तिपछि झण्डै एक वर्ष फिल्मबाट टाढा रहने निर्णय लिएकी छिन् । आलियाले रिलिज हुने तयारीमा रहेकी केही फिल्मको सुटिङ पुरा गरिसकेकी छिन् । उनी फिल्ममा सक्रिय नभए पनि केही विज्ञापनमा भने अभिनय गर्ने छिन् ।

आलिया पछिल्लो पटक फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन् । गत सेप्टेम्बरमा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । उनी फिल्म ‘रोकी और रानीकी प्रेम कहानी’ र ‘जीले जरा’मा पनि देखिँदैछन् । यसबाहेक उनी हलिउड फिल्म ‘हार्ट अफ स्टोन’मा अभिनय गर्दैछिन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : ५१ बजे

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र