फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया « Khabarhub

फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

मुम्बई– रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए । विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिइन् । हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय गरिरहेकी छन् । उनलाई पति रणवीरले साथ दिइरहेका छन् ।

आलिया सन्तान जन्मिएपछि तुरुन्तै काममा फर्किने मुडमा छैनन् । भलै रणवीरले यसअघिको एक अन्तरवार्तामा आलियालाई काममा पठाएर आफूले सन्तान स्याहार्ने बताएका थिए । तर, आलिया भने लामो ब्रेक लिने तयारीमा छिन् ।

आलियाले सन्तान प्राप्तिपछि झण्डै एक वर्ष फिल्मबाट टाढा रहने निर्णय लिएकी छिन् । आलियाले रिलिज हुने तयारीमा रहेकी केही फिल्मको सुटिङ पुरा गरिसकेकी छिन् । उनी फिल्ममा सक्रिय नभए पनि केही विज्ञापनमा भने अभिनय गर्ने छिन् ।

आलिया पछिल्लो पटक फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन् । गत सेप्टेम्बरमा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । उनी फिल्म ‘रोकी और रानीकी प्रेम कहानी’ र ‘जीले जरा’मा पनि देखिँदैछन् । यसबाहेक उनी हलिउड फिल्म ‘हार्ट अफ स्टोन’मा अभिनय गर्दैछिन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : ५१ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक