मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल « Khabarhub

मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो । कार्यालयले पटक/पटक दिएको निर्देशन अटेर गरेको, बिना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए । 

कार्यालय प्रमुख थापाका अनुसार जिल्लाको भेरीगङ्गा नगरपालिकामा दुई र गुर्भाकोट नगरपालिकामा एउटा उद्योग सिल गरिएको हो । उनले अनुगमनका क्रममा भेरीगङ्गामा शिवशक्ति चाउमिन उद्योग छिन्चु र एभरेष्ट बेकरी उद्योग रहेको उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाइएको बताए । 

उनका अनुसार अनुगमनकै क्रममा गुर्भाकोटमा मापदण्ड विपरीतको सीता चाउमिन उद्योगको उत्पादन तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ। ती उद्योगले कार्यालयले दिएको निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सञ्चालन गर्न दिइने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ०६ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि