मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल « Khabarhub

मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो । कार्यालयले पटक/पटक दिएको निर्देशन अटेर गरेको, बिना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए । 

कार्यालय प्रमुख थापाका अनुसार जिल्लाको भेरीगङ्गा नगरपालिकामा दुई र गुर्भाकोट नगरपालिकामा एउटा उद्योग सिल गरिएको हो । उनले अनुगमनका क्रममा भेरीगङ्गामा शिवशक्ति चाउमिन उद्योग छिन्चु र एभरेष्ट बेकरी उद्योग रहेको उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाइएको बताए । 

उनका अनुसार अनुगमनकै क्रममा गुर्भाकोटमा मापदण्ड विपरीतको सीता चाउमिन उद्योगको उत्पादन तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ। ती उद्योगले कार्यालयले दिएको निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सञ्चालन गर्न दिइने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ०६ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक