नवौँ राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ । सेनाले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । 

पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि आएका छन् । प्रदेशले विभागीय टोलीलाई पछ्याइरहेका छन् । सोमबार दिउँसोसम्म ८७ स्वर्णपदकको छिनोफानो हुँदा सेनाले ३८ स्वर्णसहित अग्रता बनाएको हो । सेनाले २७ रजत र २१ कास्यसहित ८६ पदक जितेको छ ।

यसैगरी विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० पदक जितेर सेनालाई पछ्याइरहेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यपदकसहित ३५ पदक जितेर तृतीय स्थानमा रहेको छ । बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।

आयोजक गण्डकी प्रदेशले हालसम्म आठ स्वर्ण, पाँच रजत र १५ कास्य गरी २८ पदक हात पारेको छ । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) ले चार स्वर्ण, तीन रजत र चार कास्यसहित ११ पदक जितेको छ । यसैगरी मधेस प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्यसहित आठ पदक ल्याउँदा प्रदेश नं १ ले एक स्वर्ण, चार रजत र १३ कास्यसहित १८ पदक जितेका छन् । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, एक रजत र आठ कास्यसहित १० पदक जित्दा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले हालसम्म स्वर्णपदक ल्याउन सकेका छैनन् । 

लुम्बिनीले छ रजत र चार कास्यसहित १० पदक ल्याउँदा कर्णाली प्रदेशले एक कास्यपदक मात्र जितेर पदक तालिकाको पुछारमा छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखी प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : २० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र