घरेलु हिंसाबारे आयोगको ध्यानाकर्षण  « Khabarhub

घरेलु हिंसाबारे आयोगको ध्यानाकर्षण 


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धरान– अन्तर-पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । निर्वाचन कार्यालयलाई पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अन्तर-पुस्ता महिलावादी मञ्चका सह-संयोजक सरू जोशी श्रेष्ठले जानकारी दिइन्। 

हालै एकै दिन मञ्चले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको थियो । निर्वाचनअघि विभिन्न राजनीतिक दलहरूले गर्ने क्रियाकलाप महिलामैत्री नहुने र निर्वाचनपछि विजयी भए पनि नारा जुलुस गर्ने पार्टी खाने तथा महिलामाथि हिंसा गर्ने परिपाटी विद्यमान रहेकाले यस्ता गतिविधि राज्यले नियन्त्रण गर्नुपर्ने सहसंयोजक श्रेष्ठले बताए । 

निर्वाचनको सम्बन्ध घरेलु हिंसासँग जोडिएको कुरा नयाँ भएको बताउँदै आयोगका प्रमुख दिनेश थपलियाले आयोगको ध्यानाकर्षण भएको बताएका छन् । यस विषयलाई सुरक्षा बैठकहरूमा विषय प्रवेश गराउने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएको मञ्जकी सदस्य गीता डगोंलले जानकारी दिए । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ५५ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि