म्यान्चेस्टरस्थित चिनियाँ नियोगभित्र हङकङमा प्रजातन्त्रको समर्थन गर्ने प्रदर्शनकारी कुटिए « Khabarhub

म्यान्चेस्टरस्थित चिनियाँ नियोगभित्र हङकङमा प्रजातन्त्रको समर्थन गर्ने प्रदर्शनकारी कुटिए


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङकङमा प्रजातन्त्रको माग गर्दै बेलायतको म्यान्चेस्टर सहरस्थित चिनियाँ नियोगअगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई अज्ञात मानिसको समूहले नियोगभित्रै लगेर कुटपिट गरेका छन् ।

आइतबार म्यान्चेस्टर सहरस्थित चिनियाँ नियोगअगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई नियोगभित्रबाट आएका अज्ञात मानिसहरुको समूहले कुटपिट गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शन गर्ने क्रममा नियोगको हाताभित्रबाट आएका अज्ञात मनिसहरुको समूहले प्रदर्शनकारीलाई नियोगभित्र लगेर कुटपिट गरेका हुन् । बब नाम गरेका ती प्रदर्शनकारीले आफूलाई प्रहरी र अन्य प्रदर्शनकारीले सुरक्षित स्थानमा लैजानुअघि कुटपिट गरेको जनाएका हुन् ।

‘उनीहरुले मलाई भित्र लगे र कुटपिट गरे ।’ प्रदर्शनकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

नियोगका प्रवक्ताले भने प्रदर्शनकारीले राष्ट्रपति सी जिन्पिङको ‘आपत्तिजनक’ तस्वीर प्रदर्शन गरेको दाबी गरेका छन् ।

बेलायतको विदेश मन्त्रालयले घटनाबारे थप जानकारी लिइरहेको जनाएको छ । ग्रेटर म्यान्चेस्टर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

ती प्रदर्शनकारीले बीबीसी चिनियाँ सेवालाई दिएको जानकारीअनुसार ‘मुख्यभूमिका मानिसहरु’ चिनियाँ नियोग भित्रबाट आएर प्रदर्शनकारीको पोस्टर र नारा लेखिएका ब्यानरहरुमा क्षति पु¥याएको जनाएका छन् ।

घटनाअघि नियोगका अधिकारीले प्रदर्शनकारीहरुलाई बाटो पारी केही टाढा गएर प्रदर्शन गर्न आग्रह गरेको जनाइएको छ ।

घटनाका समयमा सो स्थानमा दुई जना प्रहरी तैनाथ रहेको र घटनालगत्तै थप प्रहरी परिचालन गरिएको बीबीसीले जनाएको छ ।

बेलायती भूमिमा नियोगको कार्यालय रहेको भएपनि कूटनीतिक प्रवधानअनुसार नियोग परिसरभित्र बेलायती प्रहरी प्रवेश गर्न नपाउने प्रावधान रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन जारी रहेको अवस्थामा प्रदर्शनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ५४ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश