म्यान्चेस्टरस्थित चिनियाँ नियोगभित्र हङकङमा प्रजातन्त्रको समर्थन गर्ने प्रदर्शनकारी कुटिए | Khabarhub Khabarhub

म्यान्चेस्टरस्थित चिनियाँ नियोगभित्र हङकङमा प्रजातन्त्रको समर्थन गर्ने प्रदर्शनकारी कुटिए


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङकङमा प्रजातन्त्रको माग गर्दै बेलायतको म्यान्चेस्टर सहरस्थित चिनियाँ नियोगअगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई अज्ञात मानिसको समूहले नियोगभित्रै लगेर कुटपिट गरेका छन् ।

आइतबार म्यान्चेस्टर सहरस्थित चिनियाँ नियोगअगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई नियोगभित्रबाट आएका अज्ञात मानिसहरुको समूहले कुटपिट गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शन गर्ने क्रममा नियोगको हाताभित्रबाट आएका अज्ञात मनिसहरुको समूहले प्रदर्शनकारीलाई नियोगभित्र लगेर कुटपिट गरेका हुन् । बब नाम गरेका ती प्रदर्शनकारीले आफूलाई प्रहरी र अन्य प्रदर्शनकारीले सुरक्षित स्थानमा लैजानुअघि कुटपिट गरेको जनाएका हुन् ।

‘उनीहरुले मलाई भित्र लगे र कुटपिट गरे ।’ प्रदर्शनकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

नियोगका प्रवक्ताले भने प्रदर्शनकारीले राष्ट्रपति सी जिन्पिङको ‘आपत्तिजनक’ तस्वीर प्रदर्शन गरेको दाबी गरेका छन् ।

बेलायतको विदेश मन्त्रालयले घटनाबारे थप जानकारी लिइरहेको जनाएको छ । ग्रेटर म्यान्चेस्टर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

ती प्रदर्शनकारीले बीबीसी चिनियाँ सेवालाई दिएको जानकारीअनुसार ‘मुख्यभूमिका मानिसहरु’ चिनियाँ नियोग भित्रबाट आएर प्रदर्शनकारीको पोस्टर र नारा लेखिएका ब्यानरहरुमा क्षति पु¥याएको जनाएका छन् ।

घटनाअघि नियोगका अधिकारीले प्रदर्शनकारीहरुलाई बाटो पारी केही टाढा गएर प्रदर्शन गर्न आग्रह गरेको जनाइएको छ ।

घटनाका समयमा सो स्थानमा दुई जना प्रहरी तैनाथ रहेको र घटनालगत्तै थप प्रहरी परिचालन गरिएको बीबीसीले जनाएको छ ।

बेलायती भूमिमा नियोगको कार्यालय रहेको भएपनि कूटनीतिक प्रवधानअनुसार नियोग परिसरभित्र बेलायती प्रहरी प्रवेश गर्न नपाउने प्रावधान रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन जारी रहेको अवस्थामा प्रदर्शनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ५४ बजे

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर

मधेस प्रदेशमा साना दल ‘निर्णायक’ हुँदा ठूला दल निरीह

जनकपुरधाम — मधेश प्रदेश सरकारबाट हटेका नेकपा (माओवादी केन्द्र) र

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको