उपाधि दाबेदार बागमती बाहिरियो, एपीएफ सेमिफाइनलमा « Khabarhub

उपाधि दाबेदार बागमती बाहिरियो, एपीएफ सेमिफाइनलमा


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह बी अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ३-१ गोलको नतिजामा पराजित गर्‍यो । हारसँगै उपाधि दाबेदार मानिएको बागमती समूह चरणबाटै बाहिरिएको छ ।

पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्‍यो । पहिलो हाफको इञ्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको एपीएफले ६५औं मिनेटमा प्रदीप लामाको गोलबाट खेलमा बराबरी गरेको थियो । त्यसको ११ मिनेटपछि नवीन लामाले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए । इन्जुरी समयमा नवीनले गरेको व्यक्तिगत दोस्रो गोलसँगै एपीएफले ३-१ को जित सुनिश्चित गर्‍यो ।

यस अघि नेपाल पुलिसलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ३५ बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने