घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी प्रचार गरेको स्पष्टीकरण « Khabarhub

घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी प्रचार गरेको स्पष्टीकरण


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घनका विषयमा स्पष्टीकरणको शृङ्खलालाई निरन्तरता दिएको छ । आयोगले मनोनयनपत्र दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ ।

उक्त घन्टी निर्वाचन चिह्न राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचार–प्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी कार्यबाट जानाजान प्रचलित निर्वाचन कानुनको उल्लङ्घनसमेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको हो ।

आयोगले खनाललाई ‘आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिह्न घन्टी स्वतन्त्र अभियानको रहेको भनी प्रचार–प्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ रु तपाईँको दल राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भई गोलाकारभित्र घन्टी निर्वाचन चिह्नअन्तर्गत निर्वाचन लडेको हुँदा तपाईँले आफू स्वतन्त्र उम्मेदवार भनी प्रचार–प्रसार गरेको कार्यले तपाईँ दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्नेबारेमा ठाडो भ्रम सिर्जना गरेको देखिएकाले तपाईँले स्वतन्त्र उम्मदेवारको आवरण प्रयोग गरी निर्वाचनको सम्मुखमा झुठपूर्ण तथा भ्रमपूर्ण कार्य गरेको होइन भनी पुष्ट्याइँ गर्ने आधार/कारण के छ ? तपाईँबाट उक्त कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने भएकाले तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्नुहोला’, भनी स्पष्टीकरण सोधेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : १७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच