बारुलाको टोकाइबाट श्रीलङ्कामा ४२ बालबालिका घाइते « Khabarhub

बारुलाको टोकाइबाट श्रीलङ्कामा ४२ बालबालिका घाइते


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरी श्रीलङ्कामा बारुलाको टोकाइबाट ४२ बालबालिका घाइते भएका छन् । बारुलाको टोकाइबाट घाइते भएका ४२ जना बालबालिकालाई अस्पताल भर्ना गरिएको छ ।

उत्तरी श्रीलङ्काको भावुनियास्थित एक विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि वरपरका बारुलाले मानिसहरूलाई आक्रमण गर्न थालेको शिक्षक तथा अभिभावकले सञ्चारमाध्यमलाई बताएका छन् ।

पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन् ।

शिक्षक र अभिभावकले तुरुन्तै विद्यालय खाली नगरेको भए अझै धेरै दुर्घटना हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्लामा प्रत्येक वर्ष यस्ता घटना हुने गरेको बताइएको छ । स्थानीय प्रहरीले यस्ता घटनाविरुद्ध कदम चाल्न वन्यजन्तु अधिकारीलाई आग्रह गर्ने गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ०४ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका