प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी « Khabarhub

प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको छ ।

महेन्द्रनगरको कभर्डहलस्थित मैदानमा आज भएको खेलमा डोटीले दिएको एक सय ४२ रनको लक्ष्य पूरा गर्दै कञ्चनपुरले विजयी सुरुआत गरेको हो । कञ्चनपुरले २४ ओभरमा पाँच विकेट गुमाउँदै डोटीले दिएको लक्ष्य पूरा गरेको हो । टस जितेर ब्याटिङ रोजेको डोटीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रनको लक्ष्य दिएको थियो । कञ्चनपुरका अनुराग सिंहले सर्वाधिक ४६ रनको योगदना गरे । त्यसैगरी डोटीका खगेन्द्र जोशीले सर्वाधिक ५३ रनको योगदान दिएका थिए ।

खेलमा कञ्चनपुरका मिलन बोहरा म्यान अफ दी म्याच घोषित भए । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्र चन्दले आज भएको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको बताए । भोलि कात्तिक १ गते दार्चुला र डोटी बीच प्रतिस्प्रर्धा हुनेछ ।

‘प्रदेशस्तरीय छनौटका खेल आजबाट सुरु भएका छन्’, उनले भने, ‘छनौटमा सुदूरपश्चिमका बाजुरा बाहेक आठ टिम सहभागी छन् ।’

उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेशको टोली छनोट गरिने अध्यक्ष चन्दले बताए । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : २३ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको