गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो : कांग्रेस « Khabarhub

गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो : कांग्रेस


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सत्ता गठबन्धनको मूल लक्ष्य संविधानको रक्षा र समृद्धि हासिल गर्नुरहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धनको सरकार गठन भएपछि संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने काम भएको बताए । पाँच दलीय गठनबन्धन बनेको परिस्थितिको बारेमा जानकारी गराउँदै उहाँले सरकारले छोटो अवधिमा देशलाई कानूनी शासनमा अघि बढाउन र जनजीविकाका सवालमा पनि महत्त्वपूर्ण काम गर्न सफल भएको बताए ।

सरकारले छोटो समयमा चुनौतीपूर्ण अवस्थामा पनि कांग्रेसको नेतृत्वमा धेरै काम गरेको उल्लेख गर्दै सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उनले बताए । यसैगरी उनले सरकार हाल स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको उल्लेख गरे ।

निर्वाचनमा पार्टी पूर्णरूपमा परिचालन गरिएको जानकारी गराउँदै प्रवक्ता डा महतले पाँच दलीय गठबन्धनको भावनाअनुसार सिटको बाँडफाँट गरी निर्वाचनमा होमिएको उल्लेख गरे । कांग्रेसले उदारताका साथ निर्वाचनमा भाग लिएको अवगत गराउँदै उनले आगामी आमनिर्वाचनमा प्रतिनिधिसभामा कांग्रेस नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सहमति गरी सिट बाँडफाँट गरेको जानकारी दिए।

कांग्रेस ठूलो र ऐतिहासिक पार्टी भएको तथा धेरै सक्षम नेता कार्यकर्ता रहेको भए पनि गठबन्धन दलसँग चुनावी तालमेल गरेका कारण धेरै नेता कार्यकर्तालाई उम्मेदवार बनाउन नसकिएको उनको भनाइ थियो । प्रवक्ता डा महतले व्यक्तिगत आकाङ्क्षालाई पन्छाएर परिणाम प्राप्तिका लागि सबै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। आचारसंहिता पालना गरी पार्टी प्रचारप्रसारमा जुटेको उनले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ३२ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि