गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो : कांग्रेस | Khabarhub Khabarhub

गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो : कांग्रेस


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सत्ता गठबन्धनको मूल लक्ष्य संविधानको रक्षा र समृद्धि हासिल गर्नुरहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धनको सरकार गठन भएपछि संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने काम भएको बताए । पाँच दलीय गठनबन्धन बनेको परिस्थितिको बारेमा जानकारी गराउँदै उहाँले सरकारले छोटो अवधिमा देशलाई कानूनी शासनमा अघि बढाउन र जनजीविकाका सवालमा पनि महत्त्वपूर्ण काम गर्न सफल भएको बताए ।

सरकारले छोटो समयमा चुनौतीपूर्ण अवस्थामा पनि कांग्रेसको नेतृत्वमा धेरै काम गरेको उल्लेख गर्दै सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उनले बताए । यसैगरी उनले सरकार हाल स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको उल्लेख गरे ।

निर्वाचनमा पार्टी पूर्णरूपमा परिचालन गरिएको जानकारी गराउँदै प्रवक्ता डा महतले पाँच दलीय गठबन्धनको भावनाअनुसार सिटको बाँडफाँट गरी निर्वाचनमा होमिएको उल्लेख गरे । कांग्रेसले उदारताका साथ निर्वाचनमा भाग लिएको अवगत गराउँदै उनले आगामी आमनिर्वाचनमा प्रतिनिधिसभामा कांग्रेस नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सहमति गरी सिट बाँडफाँट गरेको जानकारी दिए।

कांग्रेस ठूलो र ऐतिहासिक पार्टी भएको तथा धेरै सक्षम नेता कार्यकर्ता रहेको भए पनि गठबन्धन दलसँग चुनावी तालमेल गरेका कारण धेरै नेता कार्यकर्तालाई उम्मेदवार बनाउन नसकिएको उनको भनाइ थियो । प्रवक्ता डा महतले व्यक्तिगत आकाङ्क्षालाई पन्छाएर परिणाम प्राप्तिका लागि सबै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। आचारसंहिता पालना गरी पार्टी प्रचारप्रसारमा जुटेको उनले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ३२ बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी