कतार विश्वकपले लगाएको घाउ | Khabarhub Khabarhub

कतार विश्वकपले लगाएको घाउ


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आइतबार सुरु हुने विश्वकपका लागि कतारले भौतिक संरचनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ। नेपाललगायत दक्षिण एसियाली कामदार यस क्रममा त्यहाँ संलग्न थिए। यसक्रममा आफ्नो परिवारको प्रिय सदस्य गुमाएको धेरैले व्यक्त गर्न थालको छन्। १० नोभेम्बरको सुरुवाती समयमै कतार एयरलाइन्सको विमान क्युआर ६४४ काठमाडौंतर्फ लागेको थियो।

त्यसै कार्गोमा एउटा ठूलो काठको बक्सा पनि थियो। त्यसको बाहिर ‘३२ वर्षीय उमेशकुमार यादव’ लेखिएको थियो। पूर्वी नेपालको सिराहा जिल्लाको गोल बजारमा उनका बाबु भैंसी पालेर बसेका छन्। उनी संसारको गरिब देश मध्येका एक नेपालको राजधानी भन्दा धेरै टाढाको जिल्लामा बस्ने गरेका छन्। कतारमा जागिर पाएपछि छोरा उमेशलाई त्यहाँ पठाउन बाबु लक्ष्मणले १ हजार ५ सय अमेरिकी डलर बराबरको भैंसी बेचेका थिए।

नेपाल मात्र होइन, बङ्गलादेश र भारतमासमेत एजेन्टहरूले तल्लो वर्गको समुदाय लक्षित गर्दै राम्रो कमिसन लिएर विदेशमा काम पठाउने प्रचलन यथावतै छ। यिनीहरूको काम गर्ने शैली प्राय गरिब समुदायमा उस्तै छ। आफन्तलाई उनीहरू कहाँ काम गरिरहेका छन् भन्ने समेत थाहा नहुनु संसारका धेरै देशका कामदारको पीडा हो।

कतारमा जागिर पाएपछि छोरा उमेशलाई त्यहाँ पठाउन बाबु लक्ष्मणले १ हजार ५ सय अमेरिकी डलर बराबरको भैंसी बेचेका थिए।

धनुषाभन्दा दुई घण्टा सवारी साधनबाट जाने स्थानमा कृष्ण मण्डलको घर छ। उनका बाबु सतिस चार वर्ष अगाडि नै कतार गएका थिए। बाबुले काम गर्ने समयको सेल्फी खिचेर आफ्नो छोरालाई पठाउने गरेका थिए। कृष्णले बाबुले सधैं पानी ट्याङ्कीका काम गर्ने गरेको बताए पनि कस्तो काम भनेर कहिल्यै पनि नभनेको गुनासो गर्छन्।

१२ अक्टोबरका दिन सतिसको नेपाल फर्कने मिति तय थियो। तर, नेपाल फर्कने तय भएको एक दिन अगाडि नै दुर्घटनामा परेर निधन भएको खबर आएको थियो। परिवारले बताए अनुसार सतिसले पाइपमा काम गर्थे। राजधानी दोहामा सात फिट तल उनी काम गर्थे। माथि बाट ठूलो ढिस्का खसेको थियो। उनको मृत्यु प्रमाणपत्रमा ठोस पदार्थको असरले थुप्रै स्थानमा चोट भएको बताइएको थियो।

कृष्णले बताए उनले बाबुले काम गर्ने कार्यालयका मालिकबाट क्षतिपूर्तिका लागि एक कल फोन पनि अझै आएको छैन। सञ्चार माध्यमले सम्पर्क गर्न खोज्दा समेत उनीहरूले चासो दिएका छैनन्।

गोल बजारमा रहेका लक्ष्मणले भने कतारमा आफ्नो छोराको जीवनको बारे केही थाहा नभएको बताएका छन्। उनीसँग स्मार्ट फोन नभएका कारण उमेशले दैनिक रूपमा पोस्ट गर्ने गरेको टिकटक भिडियोका बारे लक्ष्मणले कुनै जानकारी लिने गरेका थिएनन्। त्यस भिडियोमा अँध्यारो कोठामा अत्यास लाग्दो कोठामा अन्य कामदारसँगै उनी नाचेको दृश्य देख्न सकिन्थ्यो। २६ अक्टोबरमा दिन उनले गगनचुम्बी भवन अगाडि नाचेर विश्वकपको विज्ञापन गरिरहेको दृश्य देखिएको थियो। उनले पोस्ट गरेको त्यो अन्तिम भिडियो थियो।

उमेशको काकाको छोराको नाम पनि लक्ष्मण थियो। उनैले २७ अक्टोबरमा फोन गरेर उमेशको ज्यान गएको कुरा सुनाए। त्यसपछि लक्ष्मण कन्स्ट्रक्सन साइटमा घटनाको जानकारी लिन गएका थिए उमेश स्क्याफेल्ड उचाल्न खोजेका थिए। कतै ठोक्किएर त्यो भाँचिए पछि लक्ष्मणको ज्यान गएको थियो।

लक्ष्मण कतारी सरकारले कार्य क्षेत्रमा सबै कुरा राम्रोसँग परीक्षण नगरेकोमा आक्रोशित छन्। यस्तै किसिमको हेलचेक्र्याइँका कारण कतारमा अहिले धेरैको ज्यान गएको छ। कतारमा विश्वकपका लागि संरचना निर्माण गर्न सुरु भए यता धेरै कामदारले ज्यान गुमाएका छन्। कतार सरकारले भने स्वास्थ्य सुरक्षामा ख्याल दिएको दाबी गरिरहेको छ।

उमेशको शव आएपछि बाबु लक्ष्मण लगायत आफन्त अन्त्येष्टिको लागि तयार हुनुको विकल्प पनि थिएन। लक्ष्मणले १३ महिनाको नातिको हातबाट दागबत्ती दिएको दृश्य हेरे। छोरा पठाउँदाको ऋण अझै छ।

बीजीनेस एन्ड ह्युम राइट रिसोर्सेस सेन्टरको दाबी अनुसार पछिल्लो महिना कामदारमाथि १४० वटा हिंसात्मक घटना भएका थिए। तीनै मध्येका आधा स्वास्थ्य सुरक्षा सम्बन्धित थिए। उनीहरूले वास्तविक सङ्ख्या अझ धेरै हुनसक्ने बताएका छन्।

अहिले दक्षिण एसियालीको मृत्यु कतारमा सामान्य देखिएको छ। धेरैको मृत्युको कारण शरीरमा गहुंगो हतियार थपिएर नै हो। उमेशको शव आएपछि बाबु लक्ष्मण लगायत आफन्त अन्त्येष्टिको लागि तयार हुनुको विकल्प पनि थिएन। लक्ष्मणले १३ महिनाको नातिको हातबाट दागबत्ती दिएको दृश्य हेरे। छोरा पठाउँदाको ऋण अझै छ। त्यस्तो पीडा अन्य धेरै आप्रवासी कामदारको हुनसक्छन्।

उमेशकै आमा सुमित्रा भने छोरालाई नायकको संज्ञा दिँदै उसको सम्झनामा हरेक क्षण आँसु पिइरहेको बताउँछिन्।

कतारले विश्वकप आयोजनाको तयारी गरेको धेरै भइसकेको छ। संसारको सानो देशको रूपमा रहेको त्यस देशमा विश्वकपका लागि आवश्यक पर्ने धेरै भौतिक संरचना निर्माणको क्रममा संसारका अन्य देशबाट पनि कामदार बोलाइने गरेका थिए। यस भन्दा एक वर्ष अगाडि नै सञ्चारमाध्यममा एक रिपोर्ट प्रकाशित भएको थियो। त्यस रिपोर्ट अनुसार नेपाल भारत, श्रीलङ्का र बङ्गलादेशका कामदार गरेर ६ हजार ५ सय जनाको ज्यान गइसकेको थियो।

सन् २०१० को डिसेम्बरमा कतारले विश्वकप आयोजना गर्ने निश्चित भएको थियो। त्यसयता हरेक साता औसतमा १२ जना आप्रवासी कामदारको ज्यान जाने गरेको जनाइएको छ।

कतारमा मृत्यु हुनेका धेरै तथ्याङ्कमा पेसा र कामका आधारमा वर्गीकृत गरिएको छैन। धेरै जानको मृत्यु भने विश्वकप रङ्गशाला बनाइएका साइटमा नै भएका छन्।

भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट प्राप्त भएको डेटा अनुसार सन् २०११ देखि २०२० को बीचमा ५ हजार ९ सय २७ जना कामदारले त्यहाँ ज्यान गुमाएका थिए ।

सन् २०१० देखि २०२० को बीचमा ८ सय २४ जनाको ज्यान गएको तथ्यांक दोहास्थित पाकिस्तानी दूतावासमा छ। त्यस तथ्याङ्कमा २०२० को अन्तिम महिनालाई उल्लेख गरिएको छैन। यसमा फिलिपिन्स र केन्याका कामदारको सङ्ख्या जोड्ने हो भने अझ धेरै कहालीलाग्दो हुन ग्राफ तयार हुनसक्छ।

कतारमा मृत्यु हुनेका धेरै तथ्याङ्कमा पेसा र कामका आधारमा वर्गीकृत गरिएको छैन। धेरै जानको मृत्यु भने विश्वकप रङ्गशाला बनाइएका साइटमा नै भएका छन्।

संसारमा रहेका यस्ता धेरै दुखद घटना मध्ये नेपालीकै कहाली लाग्दा घटना धेरै छ। गल सिंह राईले सन् २०१० मै कतार जानका लागि लगभग १ हजार अमेरिकी डलर खर्च गरेका थिए। उनी एजुकेसन सिटी वर्ल्ड कप रङ्गशाला निर्माण गर्ने स्थानमा पुगेका थिए। त्यहाँ पुगेका एक साता पछि नै उनको ज्यान गएको थियो।

बङ्गलादेशका कामदार मोहम्मद साबिल मियाको ज्यान त झन् अचम्मले गएको थियो। आफू बसेको स्थानमा पानी लिक भएपछि त्यहाँ करेन्ट फैलिएको थियो। करेन्ट लागेर उनले पनि अल्पायुमै ज्यान गुमाए।

अबको केही साता संसारका फुटबल पारखी खेलमा पूर्ण रूपमा रमाउने छन्। दोहाको विश्वकप भव्यताका साथ सम्पन्न हुनेछ। तर, अहिलेसम्म आफन्त गुमाउने आप्रवासी कामदारका परिवारका लागि एउटा ठूलो दुःखको कारण विश्वकप बनेको छ।

भारतका मधु बालोपेइको पीडा त अझ अचम्मको छ। उनको छोरा कोठामा मृत भेटिएको छ। मृत्यु प्रमाणपत्रमा प्राकृतिक कारण जनाइएको छ। धेरै जानको माथिबाट खसेर मृत्यु हुने गरेको छ। उच्च तापक्रम भएको कतारमा मृत्युको मुख्य कारण प्राकृतिक भन्ने गरिएको छ। निसास्सिएर श्वास प्रश्वासमा अवरोध पुगेर धेरैको ज्यान जाने गरेको छ।

गत वर्षको एक डाटाका अनुसार भारत, नेपाल र बङ्गलादेशका यसरी मृत्यु हुने कामदार मध्य ६९ प्रतिशतको प्राकृतिक कारण हुने गरेको छ। सन् २०१९ मा त्यहाँ गर्मी सहन नसकेर नै धेरैको ज्यान गएको जनाइएको छ।

अबको केही साता संसारका फुटबल पारखी खेलमा पूर्ण रूपमा रमाउने छन्। दोहाको विश्वकप भव्यताका साथ सम्पन्न हुनेछ। तर, अहिलेसम्म आफन्त गुमाउने आप्रवासी कामदारका परिवारका लागि एउटा ठूलो दुःखको कारण विश्वकप बनेको छ। बीबीसी, द गार्जीयन

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : १७ बजे

राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा

पाँच महिनामा बागमतीको करिब १२ प्रतिशत मात्र बजेट खर्च

बागमती– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो पाँच महिनाको अवधिमा

हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु

ढाका – बंगलादेशको अन्तरिम सरकारले डेढ दशक पुरानो पिलखाना हत्याकाण्डको

रामप्रसादराईका वडा-वडामै योजना सम्झौता

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकलाई सहजरूपमा सेवा विस्तार गर्ने

टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती

वीरगञ्ज – वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा