सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याउँदै आयोग « Khabarhub

सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याउँदै आयोग


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते अर्थात् आइतबार हुने संघीय निर्वाचनका लागि आजसम्ममा सबै आवश्यक सामग्री मतदान केन्द्रमा पुग्ने बताएको छ।

आइतबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आजसम्म सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुग्ने आयोगले जनाएको हो।

आयोगका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यातयातको पहुँच नभएका कतिपय मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेका छन् भने सबै कर्मचारी आजसम्म मतदान केन्द्रमा पुगिसक्ने छन्।

बिहीबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले आयोगले त्यस अगाडि नै सम्पूर्ण तयारी पूरा गरेको हो।

मौन अवधि सुरु भएपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन। मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो। मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो। मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : ४८ बजे

तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई