काभ्रेपलाञ्चोकमा स्थानीयलाई मतदाता शिक्षा « Khabarhub

काभ्रेपलाञ्चोकमा स्थानीयलाई मतदाता शिक्षा


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको छ। आयोगको निगरानीमा कात्तिक १८ देखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए।

निर्वाचनको निष्ठा र औचित्य जोगाउँदै मर्यादितरूपमा निर्वाचन सम्पन्न गर्नका लागि घर-घरमा पुगी मतदातालाई शिक्षा दिइएको उनको भनाइ छ। विगतका निर्वाचनमा जस्तो मतबदर नहोस् र सबै मत गणनायोग्य बनाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम लागू गरिएको उनको भनाइ छ।

जिल्लाका सबै स्थानमा स्थानीय स्वंयमसेविकाहरुको अग्रसरतामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। हाल जिल्लाका सबैजसो ठाउँमा नमुना मतदान भइसकेको र परिणाम सन्तोषजनक रहेको आयोगको भनाइ छ।

स्थानीय स्रोतको परिचालनबाट सञ्चालित कार्यक्रमको अनुगमन स्थानीय तहले तोकेका निर्वाचन सम्पर्क व्यक्तिले गरिरहेका छन्। स्थानीय वडा सचिवको संयोजकत्वमा सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी र फलदायी भएको रोशी गाउँपालिकाका निर्वाचन सम्पर्क व्यक्ति धनबीर तामाङले बताए।

निर्वाचन सफल बनाउन स्थानीय स्तरबाटै मतदाता शिक्षामा जोड दिइएको नवबुद्ध नगरपालिका वडा नम्बर २ का सचिव मुरारी सत्यालको भनाइ छ। साथै, भुम्लू गाउँपालिकामा भने मतदाता शिक्षा तुलनात्मक रूपमा कम प्रभावकारी भएको सम्पर्क व्यक्ति प्रेमकुमार पुरीले बताए।

‘गाउँपालिकाकाे माझी समुदायका मतदातामा शैक्षिक अवस्था कमजोर हुँदा कार्यक्रम अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकेको छैन’, उनले भने।

जिल्लामा १३ वटा स्थानीय तह छन्। ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको जिल्लामा अधिकांश मानिसहरू कृषिमा आबद्ध छन्। दिउँसोको समयमा व्यक्तिहरू काममा हुने भएकाले बिहान र दिउँसोको समयमा घरदैलो गर्दै शिक्षा दिइरहेको तामाङको भनाइ छ।

निर्वाचन आयोग काभ्रेका अनुसार जिल्लामा तीन लाख १० हजार ६३ मतदाता छन्। जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि निर्वाचन हुँदै छ। आसन्न निर्वाचनमा ३१ वटा राजनीतिक दल तथा केही स्वतन्त्रहरूले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लामा तीन सय ८९ मतदान केन्द्र रहनेछन् भने निर्वाचनमा तीन हजार एक सय १२ जना कर्मचारी खटाइने आयोगको भनाइ छ। प्रतिनिधिसभा र प्रदेश सभाका ६ पदका लागि दुई महिला र एक दलितसहित ६४ जना उम्मेदवार छन्।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ११ : ४९ बजे

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो