निर्वाचनको तयारी पुरा « Khabarhub

निर्वाचनको तयारी पुरा


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले  पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारीहरू कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको छ ।प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तिम बन्द सुचीमा कायम राखेको हो । 

यस्तै प्रदेश सभाका लागी पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागी ३ हजार २२४ उम्मेदवार रहेको र समानुपातिक तर्फ ३ हजार ७०८ जना अन्तिम बन्दसूचीमा कायम गरिएको आयोगले जनाएको छ । आसन्न निर्वाचनको पहिलो हुने निर्वाचित प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र समानुपातिक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तिम बन्द सुचीमा कायम गरिएको आयोगले जनाएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचित हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र समानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिसकेको छ ।  पर्यवेक्षणद्वारा निर्वाचनको विसवस्नीयतालाई अभिवृद्धि गर्न ४४ वटा संस्थाका ७ हजार २०७ जना र दुईवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमति लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरियाका प्रमुख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको प्रवक्ता थालियाले जानकारी दिए । 

मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवश्यकताअनुसारको सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेको छ । साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सूचनाहरू प्रकाशित गर्ने, मादकपदार्थ वा हातहतियार बोक्न नदिने लगायतका विषयहरूमा आवश्यक छलफल गर्नेछन् ।

सामाजिक सञ्जालबाट कुनै किसिमको गलत मित्थ्या सूचना प्रवाहबाट निर्वाचन आयोग प्रभावित हुनबाट आयोग सचेत रहेको प्रवक्ताको भनाई छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवस्यक्ता अनुसारका सुरक्षा गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेको प्रवक्ता थपलियाले जानकारी दए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ५ : ५८ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी