एक ट्रक अवैध मदिरा बरामद « Khabarhub

एक ट्रक अवैध मदिरा बरामद


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट ना ६ ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी एक हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गाडीलाई रोकेर जाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मदिरा र ट्रकसहित मकवानपुरको मनहरि गाउँपालिका–३ बस्ने चालक ३४ वर्षीया निर्मलकुमार रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थसहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।

यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका-४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट चार कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ । गाडी चालक मुखियापट्टी मुसहर्निया-४ बस्ने ३० वर्षीय साजन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 

बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ । धनुषा जिल्लामा गत साता शनिबारदेखि नै मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : १२ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक