‘आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक’ « Khabarhub

‘आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक’


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक विकास भएमात्र समृद्धितर्फ अग्रसर हुने छ भने । 

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले यस क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे। 

विसं २०७४ को निर्वाचनमा आफूले जनतासमक्ष गरेको प्रतिबद्धता ८० प्रतिशत पूरा गरेको उनले दाबी समेत गरे । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित हुने र विकास निर्माणलाई प्राथमिकता दिने उनले बताए। बाढी र डुबानको समस्या, सिँचाइ, सुकुम्बासी समस्या, कोसीटप्पु वन्यजन्तु आरक्षको समस्यालाई सदाका लागि अन्त्य हुनेगरि काम गर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : ३६ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको