जुम्ला जिप दुर्घटना अपडेट : तीन जनाको अवस्था गम्भीर « Khabarhub

जुम्ला जिप दुर्घटना अपडेट : तीन जनाको अवस्था गम्भीर


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्तीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् ।

घाइते हुनेमा अंगराज गिरी, आदिप्रसाद न्यौपाने, सुरज चन्द, राजेन्द्र विष्ट, हरिप्रसाद देवकोटा, आशा चौलागईं, सिताराम दराई, सुरेश कार्की रहेका छन् । उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदैछ । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्दबहादुर शाहीका अनुसार अंगराज  गिरी, आदिप्रसाद न्यौपाने र सुरज चन्दको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : ५६ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको