अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन आयोगको निर्देशन « Khabarhub

अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन आयोगको निर्देशन


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार (मंसिर ४ गते) हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी र अपाङ्ग मैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन समेत आवश्यक निर्देशन दिइएको जनाएको हो ।

यस्तै मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्नेरगराउने कार्यलाई पूर्ण रूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको समेत आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : २९ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको