करेन्ट लागेर जुम्लामा एक मृत्यु, एक घाइते « Khabarhub

करेन्ट लागेर जुम्लामा एक मृत्यु, एक घाइते


१ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका-५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो । मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन् । सोही वाडाका २३ वर्षका शंखु चौलागाईं घाइते भएका छन् ।

राउतलाई पोल गाड्ने क्रममा विजुलीको तारले छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए । खवर नगरी पोड गाड्ने काम गर्दा करेन्ट लागेको बताइएको छ ।

त्यस्तै घाइते चौलागाईं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पनि अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको छ ।

त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले वडाको योजना अनुसार सडक उज्यालो विजुली सौर्य ऊर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ९ : ०६ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच