देशव्यापी वाम–लोकतान्त्रिक गठबन्धनको लहर : प्रचण्ड « Khabarhub

देशव्यापी वाम–लोकतान्त्रिक गठबन्धनको लहर : प्रचण्ड


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको दाबी गरे।

‘प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर आएको पायौँ’, उनले भने ।

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि गठबन्धन गरिएको प्रष्ट पार्दै उनले निर्वाचनपछि गठबन्धनले संविधानको रक्षा, विकास र समृद्धि दिने प्रतिबद्धता व्यक्त गरे । ‘हामी अब सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउछौँ’, अध्यक्ष दाहालले भने, ‘गठबन्धनको ध्यान विकास र समृद्धिमा जान्छ ।’

अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाईंका रुपमा निर्वाचन अगाडि आएको जनाउँदै उनले आसन्न निर्वाचनबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताए ।

मुलुकमा राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित अघिल्लो निर्वाचनमा वाम–गठबन्धन बनाइएको प्रष्ट पार्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनअपेक्षा पूरा गर्न नसकिएको बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : १८ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको